दुर्घटनाग्रस्त सौर्य विमानका ३७ वर्षीय क्याप्टेन जो भाग्यबस बाँचे

ती चिकित्सकका अनुसार पाइलट शाक्यकको शरीरमा लागेका चोटहरुको जाँच र उपचार भइरहेको छ। 'शरीर जलेको छैन। चोट छ। रगत आइरहेको छ। उपचार भइरहेको छ,' ती चिकित्सकले भने।

दुर्घटनाग्रस्त सौर्य विमानका ३७ वर्षीय क्याप्टेन जो भाग्यबस बाँचे
काठमाडौं । त्रिभुवन विमानस्थलमा नजिकै भएको सौर्य एयरलाइन्सका पाइलइटको काठमाडौं मेडिकल कलेजमा उपचार भइरहेको छ। दुर्घटनास्थलबाट अस्पतालमा पुर्‍याइएका ३७ वर्षीय मनिष शाक्यको आकस्मिक कक्षमा राखेर उपचार भइरहेको छ । दुर्घटनामा घाइते पाइलट शाक्यको शरीरमा जलन भएको छैन। तर उनको शरीरमा विभिन्न स्थानमा भने चोट लागेको छ। उनको मुखबाट पनि रगत आइरहेको आकस्मिक कक्षमा कार्यरत एक चिकित्सकले जानकारी दिए। ती चिकित्सकका अनुसार आकस्मिक कक्षमा आए लगत्तै पाइलट शाक्यले फोन मागेका थिए। उनी बाेल्न सक्ने अवस्था रहेका छन् । ती चिकित्सकका अनुसार पाइलट शाक्यकको शरीरमा लागेका चोटहरुको जाँच र उपचार भइरहेको छ। 'शरीर जलेको छैन। चोट छ। रगत आइरहेको छ। उपचार भइरहेको छ,' ती चिकित्सकले भने। प्रारम्भिक जानकारीअनुसार जहाज दुर्घटना हुँदा पाइलट बसेको ककपटिको भाग एयरपोर्टको माथिल्लो स्थानमा नै अड्किएको र जहाजको अन्य भाग तल खसेका कारण ककपिट जल्न पाएको थिएन। विमानमा चालक दलका सदस्यसहित १९ जना सवारमा १८ जनाकाे मृत्यु भइसकेकाे छ ।