सौर्य एयरको विमान दुर्घटनाः क्याप्टेनबाहेक अन्य १८ जनाको मृत्यु

मृतक सबैको शव शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको छ। चालक मनिष शाक्यको भने सकुशल उद्धार गरिएको छ। उनको केएमसी अस्पताल सिनामंगलमा उपचार भइरहेको छ। उनको अवस्था बोल्न सक्ने रहेको छ भने आँखामा चोट लागेको छ।

सौर्य एयरको विमान दुर्घटनाः क्याप्टेनबाहेक अन्य १८ जनाको मृत्यु
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार बिहान भएको सौर्य एयरलाइन्सको दुर्घटनामा परी १८ जनाको मृत्यु भएको छ। विमानस्थल सुरक्षा प्रमुख डीआईजी रामदत्त जोशीका अनुसार जहाजमा सवार १९ मध्ये १८ जनाको मृत्यु भएको हो। मृतक सबैको शव शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको छ। चालक मनिष शाक्यको भने सकुशल उद्धार गरिएको छ। उनको केएमसी अस्पताल सिनामंगलमा उपचार भइरहेको छ। उनको अवस्था बोल्न सक्ने रहेको छ भने आँखामा चोट लागेको छ।