दुर्घटनाग्रस्त साैर्य विमानमा को-को थिए सवार (सूचीसहित)

क्याप्टेन एमआर शाक्यले उडाएको विमानमा सुशान्त कटुवाल को-पाइलटका रूपमा रहेका थिए । अन्य १७ जना एयरलाइन्सकै कर्मचारी रहेको पाइएको छ । १७ मध्ये १ महिला र अन्य पुरुष छन् ।

दुर्घटनाग्रस्त साैर्य विमानमा को-को थिए सवार (सूचीसहित)
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनामा परेको सौर्यको विमानमा एयरलाइन्सका कर्मचारी र चालक दलका सदस्य मात्र रहेको पाइएको छ । क्याप्टेन मनिष शाक्यले उडाएको विमानमा सुशान्त कटुवाल को-पाइलटका रूपमा रहेका थिए । अन्य १७ जना एयरलाइन्सकै कर्मचारी रहेको पाइएको छ । १७ मध्ये १ महिला र अन्य पुरुष छन् । जहाजमा सौर्य एयरलाइन्सका कर्मचारीहरू अमितमान महर्जन, सागर आचार्य, दिलिप बर्मा, मनुराज शर्मा, आस्विन निरौला र सुदिपलाल जोशी सवार थिए । यसैगरी, सर्वेश मरासिनी, स्याम विन्दुकर, नवराज आले, राजाराम आचार्य, प्रिजा खतिवडा, अधिराज शर्मा, उद्धव पुरी, यज्ञ प्रसाद पौड्या, सन्तोष महतो, पुन्यरत्न शाही र आरिफ रेडा जहाजमा सवार थिए । क्याप्टेन शाक्यको अहिले सिनामंगलस्थित केएमसी अस्पतालमा उपचार भइरहेको छ ।  नेपाल प्रहरीका महानिरीक्षक आईजीपी वसन्त कुँवरका अनुसार १७ जनाको मृत्यु भएको छ । सूची हेर्नुस्