काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नजिकै सौर्य एयरलाइन्सको जहाज दुर्घटना भएको छ । दुर्घटनापछि अहिले उद्धार जारी छ।
प्रारम्भिक जानकारीअनुसार अहिले अग्नि नियन्त्रकहरूले कम्तीमा १७ जनाको शव निकालेका छन् । विमानका चालक एम आर शाक्यको उद्धार गरिएको छ । उनको केएमसी अस्पताल सिनामंगलमा उपचार भइरहेको छ ।
बुधबार करिब ११ बजे सौर्य एयरलाइन्सको जहाज पोखरा उड्ने क्रममा रनवेबाट दुर्घटनामा परेको थियो । विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरका अनुसार त्रिभुवन विमानस्थलबाट पोखरा उड्ने क्रममा सौर्यको जहाज दुर्घटनामा परेको हो ।
सौर्य एयरको विमान दुर्घटना : १७ जनाको शव निकालियो
प्रारम्भिक जानकारीअनुसार अहिले अग्नि नियन्त्रकहरूले कम्तीमा १७ जनाको शव निकालेका छन् । विमानका चालक एम आर शाक्यको उद्धार गरिएको छ । उनको केएमसी अस्पताल सिनामंगलमा उपचार भइरहेको छ ।