काठमाडौं । सौर्य एयरलाइन्सको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनामा परेको छ । मेन्टेनेसका लागि पोखरा जाँदै गरेको विमान बुधबार विमान उडानका क्रममा दुर्घटनामा परेको हो ।
विमानमा चालक दलका २ सदस्यसहित १९ जना एयरलाइन्सकै टेक्निसियनहरू सवार रहेको सौर्य एयरलाइन्सका उपमहाप्रबन्धक उमेश आचार्यले जानकारी दिए ।
विमानस्थलका प्रवक्ता सुवास झाका अनुसार पाइलट एमआर शाक्यलाई रेस्क्यू गरी उपचारका लागि अस्पताल पठाइएको छ।
अन्यलाई पनि रेस्क्युको प्रयास भइरहेको छ ।
दुर्घटना भएकाे सौर्य जहाजमा चालक दलका दुईसहित १९ जना सवार
विमानमा चालक दलका २ सदस्यसहित १९ जना एयरलाइन्सकै टेक्निसियनहरू सवार रहेको सौर्य एयरलाइन्सका उपमहाप्रबन्धक उमेश आचार्यले जानकारी दिए ।