काठमाडौं । काठमाडौंको त्रिभुवन विमानस्थलमा सौर्य एयरलान्सको जहाज दुर्घटना भएको छ ।
विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरका अनुसार त्रिभुवन विमानस्थलबाट पोखरा उड्ने क्रममा सौर्यको जहाज दुर्घटनामा परेको हो । उक्त विमानमा चालक दलका सदस्यसहित १९ जना रहेको उनले बताए । सुरक्षाकर्मी र विमानस्थलका फायरफाइटरहरु आगो निभाउन लागि परेका छन् ।
त्रिभुवन विमानस्थलमा जहाज दुर्घटना
जहाज अवतरणका क्रममा ठूलो आवाज आएको थियो । विमानस्थल प्रहरीका अनुसार धावनमार्गबाट जहाज चिप्लिएको थियो । अहिले जहाजबाट धुवाँको मुस्लो निस्किरहेको छ ।

