काठमाडौं । आइतबार साँझ बालुवाटारमा बसेको सत्ता साझेदार दलका शीर्ष नेताहरूको बैठक सकिएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटामा बसेको बैठकले प्रदेश सरकार गठनको बाँडफाँट टुंगिएको हो ।
स्रोतका अनुसार बैठकमा बाँकी रहेका ६ वटा प्रदेशमा सरकार गठनको बाँडफाँट टुंगिएको हो । गण्डकी र लुम्बिनीमा एमालेले सरकार बनाउने सहमति भएको छ भने, वागमती र सुदूरपश्चिममा एमाले र माओवादीले आलोपालो सरकारको नेतृत्व गर्ने भएका छन् ।
यस्तै मधेस प्रदेशमा जसपा र जनमतले आलोपालो सरकार बनाउने सहमति भएको बालुवाटार स्रोतले जानकारी दियो । बैठकमा कर्णाली प्रदेशमा भने माओवादीले सरकार बनाउने सहमति भएको छ ।
आइतबार प्रदेश १ मा भने नेकपा एमालेका हिक्मत कार्की मुख्यमन्त्री नियुक्त भइसकेका छन् ।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका अध्यक्ष सिके राउत सहभागी रहेका थिए ।
टुंगियो प्रदेश सरकार गठनको भागवण्डा, कुन पार्टीलाई कुन प्रदेश ?
यस्तै मधेस प्रदेशमा जसपा र जनमतले आलोपालो सरकार बनाउने सहमति भएको बालुवाटार स्रोतले जानकारी दियो । बैठकमा कर्णाली प्रदेशमा भने माओवादीले सरकार बनाउने सहमति भएको छ ।

