काठमाडौं । बंगलादेशमा आरक्षण कोटा विवादमा जारी आन्दोलनका कारण त्यहाँ अध्ययनरत करिब १४ सय नेपाली विद्यार्थी स्वदेश फर्किएका छन् ।
परराष्ट्रमन्त्री आरजु राणा देउवाले मंगलबारसम्म बंगलादेशबाट करिब १४ सय विद्यार्थी स्वदेश फर्किएको जानकारी गराएकी हुन् ।
उनका अनुसार बंगलादेशबाट मंगलबारमात्रै ४७ जना नेपाली विद्यार्थी त्रिभुवन विमानस्थल हुँदै नेपाल फर्किए।
ढाकास्थित नेपाली दूतावासले नेपाल फर्कन चाहने विद्यार्थीको यात्रा सहज बनाउन सम्बन्धित निकायसँग समन्वय गरिरहेको पनि उनले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी गराएकी छन् ।
विद्यार्थीहरू स्थल र हवाइमार्ग हुँदै स्वदेश फर्किरहेका हुन् ।
बंगलादेशबाट मंगलबारसम्म १४ सय नेपाली विद्यार्थी स्वेदश फिर्ता
ढाकास्थित नेपाली दूतावासले नेपाल फर्कन चाहने विद्यार्थीको यात्रा सहज बनाउन सम्बन्धित निकायसँग समन्वय गरिरहेको पनि उनले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी गराएकी छन् ।

