लुम्बिनीमा एमालेबाट को-को बन्दैछन् मन्त्री ?

एमालेका एक सांसदका अनुसार एमाले संसदीय दलका उपनेता चेतनारायण आचार्यको नेतृत्वमा बनेको नयाँ सरकारमा सहभागी हुने मन्त्रीहरूले मुख्यमन्त्री सँगै शपथ ग्रहण गर्ने व्यवस्था मिलाउने गरी मन्त्रीहरू टुंगो लगाइएको हो।

लुम्बिनीमा एमालेबाट को-को बन्दैछन् मन्त्री ?
काठमाडौं । नेकपा एमालेले लुम्बिनी प्रदेशमा मन्त्री बन्नेहरूको नाम टुंगो लगाएको छ। एमालेका एक सांसदका अनुसार एमाले संसदीय दलका उपनेता चेतनारायण आचार्यको नेतृत्वमा बनेको नयाँ सरकारमा सहभागी हुने मन्त्रीहरूले मुख्यमन्त्री सँगै शपथ ग्रहण गर्ने व्यवस्था मिलाउने गरी मन्त्रीहरू टुंगो लगाइएको हो। मुख्यमन्त्री आचार्यको बुधबार बिहान प्रदेश प्रमुखको कार्यालयमा शपथ ग्रहणको तयारी गरिएको छ। यसअघि नेकपा माओवादी केन्द्र सँगको गठबन्धनमा मन्त्री भएका दुई जना मन्त्री बन्नेछन् भने सो मन्त्रिपरिषदका दुई जना बाहिरिने छन्। यसपटक मन्त्री दोहोरिनेमा रूपन्देहीका भूमिश्वर ढकाल र गुल्मीका दिनेश पन्थीको नाम निश्चित भएको छ। ढकाल यसअघि जोखबहादुर महरा नेतृत्वको सरकारमा सहरी विकास मन्त्री थिए भने पन्थी आन्तरिक मामिला मन्त्री थिए। त्यसै गरी पाल्पाका खेम बहादुर सारू र दाङकी सीता शर्मा मन्त्री हुने निश्चित भएको छ। मन्त्री हुन सबभन्दा बढी जोडबल गरेका बाँकेका रत्न खत्रीलाई प्रमुख सचेतक बनाउने आश्वासन सहित ब्याक गराइएको छ।