प्रभु बैंक र टिस्टुङ्ग रिसोर्टबीच छुट सम्झौता

मकवानपुर जिल्ला बागमती प्रदेशको मूख्य केन्द्रविन्दु तथा बागमती प्रदेशको राजधानी समेत हो । उक्त रिसोर्ट मकवानपुर जिल्लाको उत्तरी भेगमा अवस्थित रहेको छ भने काठमाडौं उपत्यकाबाट दणिक्ष पश्चिमको भागसँग जोडिएको एक शान्त, सुन्दर र रमणीय ठाउँमा अवस्थित छ ।

प्रभु बैंक र टिस्टुङ्ग रिसोर्टबीच छुट सम्झौता
काठमाडौं । प्रभु बैंकका कर्मचारीहरु तथा ग्राहकलाई टिस्टुङ्ग रिसोर्टको विभिन्न सेवामा विशेष छुट दिने सम्झौता भएको छ । एक समारोहकाबीच सम्पन्न सम्झौतामा टिस्टुङ्ग रिसोर्टका सञ्चालक गोविन्द महर्जन, सन्त महर्जन र प्रभु बैँकका तर्फबाट बागमती प्रदेश प्रमुख दिपेन्द्रबाबु विष्ट र मार्केटिङ्ग म्यानेजर सविन शम्शेर राणाले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार प्रभु बैँकका कर्मचारीहरु तथा ग्राहकवर्गहरुले बैँकसँगको आबद्धता प्रमाणका आधारमा आवास, खाना, खाजा तथा उक्त रिसोर्टमा उपलब्ध सम्पूर्ण सेवा सुविधाहरुमा विशेष छुट प्राप्त गर्न सक्ने बैँकले जनाएको छ । मकवानपुर जिल्ला बागमती प्रदेशको मूख्य केन्द्रविन्दु तथा बागमती प्रदेशको राजधानी समेत हो । उक्त रिसोर्ट मकवानपुर जिल्लाको उत्तरी भेगमा अवस्थित रहेको छ भने काठमाडौं उपत्यकाबाट दणिक्ष पश्चिमको भागसँग जोडिएको एक शान्त, सुन्दर र रमणीय ठाउँमा अवस्थित छ ।