अवैध रुपमा भित्रिने चिनीमा सरकारले कडाई गरेपछि चिनीको मूल्य बढ्यो

चिनी तस्करी बढेको भन्दै सरकारले भन्सारमा कडाइ गरिरहेकाले भारतीय चिनी आउन बन्द हुने बितिक्कै बजारमा अभाव देखाएर नेपाली उद्योगले मूल्य बढाएको संघका एक सदस्य व्यापारीले बताए ।

अवैध रुपमा भित्रिने चिनीमा सरकारले कडाई गरेपछि चिनीको मूल्य बढ्यो
काठमाडौं । अवैध रुपमा भारतबाट भित्रिने चिनीमा सरकारले कडाइ थालेसँगै बजारमा चिनीको मूल्य बढेको छ । नेपाल खुद्रा व्यापार संघकाअनुसार एक साताको बीचमा नेपाली चिनी उद्योगीले चिनीको मूल्य किलोमै ६ रुपैयाँले बढाएका छन् । होलसेलमा ८० रुपैयाँ किलोमा पाइने नेपाली चिनीको मूल्य आइतबारदेखि ८६ रुपैयाँ पुर्‍याइएको छ । चिनी तस्करी बढेको भन्दै सरकारले भन्सारमा कडाइ गरिरहेकाले भारतीय चिनी आउन बन्द हुने बितिक्कै बजारमा अभाव देखाएर नेपाली उद्योगले मूल्य बढाएका छन् । चिनीको मूल्य बढेको टोखा चेम्बर अफ कमर्शले पनि जनाएको छ । कमर्शका अध्यक्ष सञ्जय फुँयालकाअनुसार होलसेलमै नेपाली चिनीको मूल्य ८७ रुपैयाँ पुर्‍याएको छ ।