बुटवल । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता चेतनारायण आचार्य हुने भएका छन्।
यसअघि संसदीय दलका नेता लिला गिरीलाई मुख्यमन्त्री बनाउने निर्णय भएपनि अचानक पार्टी केन्द्रको निर्देशन भन्दै आचार्यलाई मुख्यमन्त्री बनाउने तयारी गरिएको हो।
एमाले लुम्बिनी प्रदेशका मुख्य सचेतक तुलसी चौधरीले चेतनारायण आचार्यलाई मुख्यमन्त्रीमा दाबी पेश गर्न लागिएको बताए। आचार्यले पनि पार्टीले आफूलाई सरकारको नेतृत्वको जिम्मेवारी दिएको र सोहीअनुसार प्रदेश प्रमुख समक्ष दाबी पेश गर्न जाने तयारीमा रहेको बताए।
यसअघि शंकर पोखरेल नेतृत्वको सरकारमा आन्तरिक मामिला तथा कानुन मन्त्री रहेका आचार्य जोखबहादुर महरा नेतृत्वको सरकारमा आर्थिक मामिला तथा योजना मन्त्री थिए।
आचार्य लीला गिरी नेतृत्वको सरकारमा ग्रामीण खानेपानी तथा सहरी विकास मन्त्री थिए।
अर्घाखाँचीको निर्वाचन क्षेत्र नम्बर १ (१) बाट निर्वाचित आचार्य एमालेका केन्द्रीय सदस्य छन्।
लिला गिरीलाई लुम्बिनीको मुख्यमन्त्री बनाउने निर्णय उल्टियो