अस्पतालका लेखा अधिकृत १ लाख ५० हजार घुससहित पक्राउ

औषधि आपूर्तिको भुक्तानी दिएबापत सेवाग्राहीसँग घुस मागेको सूचनाका आधारमा अख्तियारको हेटौँडा कार्यालयबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको हो । कोइरालाले नगद र चेक लिइसकेको अवस्थामा पक्राउ गरिएको प्रवक्ता घिमिरेले जानकारी दिए ।

अस्पतालका लेखा अधिकृत १ लाख ५० हजार घुससहित पक्राउ
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, भरतपुर चितवनमा कार्यरत लेखा अधिकृत अमृता कोइरालालाई घुससहित पक्राउ गरेको छ । अख्तियारका प्रवक्ता नरहरि घिमिरेका अनुसार लेखा अधिकृत कोइरालालाई १ लाख ५० हजार नगद र चार लाख ५० हजारको चेकसहित नियन्त्रणमा लिइएको हो । औषधि आपूर्तिको भुक्तानी दिएबापत सेवाग्राहीसँग घुस मागेको सूचनाका आधारमा अख्तियारको हेटौँडा कार्यालयबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको हो । कोइरालाले नगद र चेक लिइसकेको अवस्थामा पक्राउ गरिएको प्रवक्ता घिमिरेले जानकारी दिए ।