कर्णाली सरकारबाट बाहिरियो माओवादी, चार मन्त्रीले दिए राजीनामा

पत्रकार सम्मेलनमार्फत राजीनामा दिएको घोषणा गरेर मन्त्रीहरुले मुख्यमन्त्री यामलाल कँडेललाई उक्त पत्र बुझाउने छन्। माओवादीको तर्फबाट अर्थ मन्त्रीको जिम्मेवारीमा महेन्द्र केसी, सामाजिकमा वीरबहादुर शाही, उद्योगामा दुर्गबहादुर रावत र ऊर्जा मन्त्रीमा रणसिंह परियार थिए ।

कर्णाली सरकारबाट बाहिरियो माओवादी, चार मन्त्रीले दिए राजीनामा
सुर्खेत । कर्णाली प्रदेशमा नेकपा माओवादी केन्द्रबाट सरकारमा सहभागी मन्त्रीहले राजीनामा दिएका छन्। उनीहरुले अर्थ मन्त्रालयको सभाहलमा पत्रकार सम्मेलन गरी राजीनामा दिएका हुन्। पत्रकार सम्मेलनमार्फत राजीनामा दिएको घोषणा गरेर मन्त्रीहरुले मुख्यमन्त्री यामलाल कँडेललाई उक्त पत्र बुझाउने छन्। माओवादीको तर्फबाट अर्थ मन्त्रीको जिम्मेवारीमा महेन्द्र केसी, सामाजिकमा वीरबहादुर शाही, उद्योगामा दुर्गबहादुर रावत र ऊर्जा मन्त्रीमा रणसिंह परियार थिए ।