काठमाडाैं । ग्लोबल आईएमई बैंक लिमिटेड र ईशान बाल तथा महिला अस्पतालबीच सम्झौता भएको छ । बैंकका ग्राहकलाई अस्पतालमा उपलब्ध विभिन्न स्वास्थ्य सेवामा छुट प्रदान गर्न सम्झौता पत्रमा हस्ताक्षर गरिएको हो ।
उक्त समझदारीमा बैंकका प्रमुख बजार अधिकृत दिलिप पोखरेल र अस्पतालका प्रमुख परिचालन अधिकृत श्रीराम पन्तले हस्ताक्षर गरेका छन् । उक्त अवसरमा अस्पतालका निर्देशक प्राडा रामनन्दन पी। चौधरीको विशेष उपस्थिति रहेको थियो ।
सम्झौताअनुसार अस्पतालले बैंकका डेबिट क्रेडिट कार्ड एवं बैंकको मोबाइल एप (ग्लोबल स्मार्ट प्लस) प्रयोगकर्ताहरूलाई औषधि उपचारका लागि अस्पतालमा १० प्रतिशतसम्म छुट प्रदान गर्नेछ ।
अस्पतालले बैंकका ग्राहकहरूलाई अस्पतालको शय्या शुल्क, अस्पताल सेवाहरू डायगोनेस्टिक, ओपीडी लगायतका सेवाका साथै आकस्मिक सेवाहरूमा १० प्रतिशतसम्मको छुट प्रदान गर्नेछ ।
'यस साझेदारीपश्चात् ग्लोबल आईएमई बैंकका ग्राहकहरूले गुणस्तरीय स्वास्थ्य सेवा सुविधाहरू उचित दरमा प्राप्त गर्ने र अस्पतालले स्वास्थ्य सेवा तथा सुविधाहरू विस्तार गर्न ग्लोबल आईएमई बैंकसँग सहकार्य गर्न पाउँदा खुसी छौं,' ईशान अस्पतालका निर्देशक पी चौधरीले भने ।
चौधरीले पहुँचयोग्य स्वास्थ्य सेवा प्रदान गर्ने अस्पतालको प्रतिबद्धतालाई प्रतिबिम्बित गरिरहेको स्पष्ट पारे ।
यसैगरी, बैंकका प्रमुख बजार अधिकृत पोखरेलले ईशान अस्पतालसँगको साझेदारीले बैंकका ग्राहक लाभान्वित हुने बताए । बैंकको कार्ड तथा मोबाइल बैंकिङ्ग सेवाको प्रयोगकर्ता वृद्धि हुने उनको विश्वास थियो ।
ग्लोबल आईएमई बैंक र ईशान अस्पतालबीच छुट सम्झौता
सम्झौताअनुसार अस्पतालले बैंकका डेबिट क्रेडिट कार्ड एवं बैंकको मोबाइल एप (ग्लोबल स्मार्ट प्लस) प्रयोगकर्ताहरूलाई औषधि उपचारका लागि अस्पतालमा १० प्रतिशतसम्म छुट प्रदान गर्नेछ ।

