काठमाडौं । नेपाली कांग्रेसले सुदूरपशिचम प्रदेशमा कमलवहादुर शाहलाई नै मुख्यमन्त्री बनाउने भएको छ। यसअघि नेकपा माओवादी, एकीकृत समाजवादी, नागरिक उन्मुक्तीको सर्मथनमा १४ महिना सुदूरपश्चिम सरकारको नेतृत्व गरेका शाहले फेरि मुख्यमन्त्रीको जिम्मेवारी पाउने भएका हुन्।
नेपाली कांग्रेस संसदीय दलका नेता समेत रहेका शाहले केन्द्रमा नेकपा एमाले र माओवादी, रास्वपा लगायतका दलको नयाँ समीकरण बनेपछि गत चैत २२ गते राजिनामा दिएका थिए। मुख्यमन्त्री शाह २०७९ माघ २६ गते सुदूरपश्चिम सरकारको मुख्यमन्त्रीमा नियुक्त भएका थिए।
केन्द्रमा नयाँ समिकरणपछि सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी पार्टी संसदीय दलका नेता दीर्घवहादुर सोडारी वैशाख ६ गते मुख्यमन्त्री नियुक्त भएका थिए। नेकपा (एमाले), माओवादी केन्द्र, नागरिक उन्मुक्ति, एकीकृत समाजवादी र स्वतन्त्र सांसद तारा जोशी समेतको समर्थन जुटाएर उनी मुख्यमन्त्री बनेका हुन्। सुदूरपश्चिम सरकारमा दुई पटक मन्त्री बनेका सोडारी चौथो मुख्यमन्त्री हुन्।
केन्द्रमा फेरि नेपाली कांग्रेस र नेकपा एमाले लगायतका दलको नयाँ समिकरण बनेपछि मुख्यमन्त्री सोडारी अल्पमतमा परेका हुन्।
प्रदेश सरकारबाट एमालेले सर्मथन फिर्ता लिएपछि उनी अल्पमतमा परेका हुन्।
सुदरपश्चिममा कमल शाहलाई मुख्यमन्त्री बनाउने कांग्रेसको निर्णय