आगामी निर्वाचनमा माओवादीको साथ नलिने सर्तमा नयाँ गठबन्धन : ईश्वर पोखरेल

नेता पोखरेलले प्रचण्डकै व्यइमानीले बाम सरकार ढलेको बताए। पोखरेलले कतारबाट भित्रिएको रेमिट्यान्सलाई कसरी व्यावस्थित गर्ने भन्ने चुनौती अहिलेको आवश्यकता रहेको बताए । उनले रेमिट्यान्सको पैसा उत्पादनमा लगाउनुपर्ने बताए ।

आगामी निर्वाचनमा माओवादीको साथ नलिने सर्तमा नयाँ गठबन्धन : ईश्वर पोखरेल
कतार । नेकपा एमाले बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आगामी निर्वाचनमा माओवादीको साथ नलिने सर्तमा कांग्रेस एमाले सरकार बनेको बताएका छन् । शुक्रबार दोहामा भएको प्रवासी मञ्चको सातौ अधिवेशनलाई संबोधन गर्दै पोखरेलले त्यस्तो खुलासा गरेका हुन । प्रचण्डले चुलबुल गर्दा हुँदा खाँदाको सरकार ढलेको बताएका छन् । नेता पोखरेलले प्रचण्डकै व्यइमानीले बाम सरकार ढलेको बताए। पोखरेलले कतारबाट भित्रिएको रेमिट्यान्सलाई कसरी व्यावस्थित गर्ने भन्ने चुनौती अहिलेको आवश्यकता रहेको बताए । उनले रेमिट्यान्सको पैसा उत्पादनमा लगाउनुपर्ने बताए । पोखरेलले राजनितीक स्थायीत्वको लागी कांग्रेस एमाले सरकार बनेको बताए । यो देशमा हुँदा हुँदा २० सिटेलाई प्रधानमन्त्री बन्ने अवस्था आएकाले जनताको अभिमत प्राप्तहरूले नयाँ सरकार गठन गरेको बताए । कार्यक्रममा नेकपा एमाले केन्द्रीय सदस्य उमाशंकर अगरियाले मधेसका पार्टी विगतदेखी आफै पद लोलुपताले फुटेको बताए । अव नेपालमा सानो पार्टीको काम छैन । देशलाई समृद्ध बनाउन एमाले चाहिन्छ । प्रत्येक पालिकामा १५ वेडको अस्पताल सुरूवात केपी ओलीकै पालमा भएको हो । नेकपा एमाले कोसी प्रदेश अध्यक्ष घनश्याम खतिवडाले एमाले नतृत्वको सरकारले नेपाली श्रम र सिपलाई नेपालमै राख्न पहल गर्ने बताए ।