सर्लाही । नेकपा एमालेका उम्मेदवार केवल १ मतान्तरले विजयी भएको सर्लाहीको हरिवन नगरपालिका वडा नम्बर ७ मा पुनः मत गणना गर्न उच्च अदालतले आदेश दिएको छ ।
हरिवन नगरपालिका वडा नम्बर ७ को वडाध्यक्षका लागि सम्पन्न निर्वाचनको यसअघिको मतगणना रद्द गरी पुनः गणना गर्न शुक्रबार उच्च अदालतले आदेश दिएको रजिस्ट्रार खड्गराज अधिकारीले जानकारी दिए ।
न्यायाधिशद्वय भोजराज अधिकारी र रेखा थापा पाण्डेको संयुक्त इजलासले हरिवन ( ७ को वडाध्यक्षका लागि पुनः मत गणना गर्न आदेश दिएको हो । गएको वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा हरिवन ७ को वडाध्यक्षमा एमालेका उम्मेदवार निरध्वज कार्की विजयी भएका थिए।
विजयी कार्कीले ३ सय ७९ मत ल्याउँदा उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका टीकाजंग थापाले ३ सय ७८ मत पाएका थिए। नेपाली कांग्रेसले त्यतिबेलै धाँधली गरेर आफ्ना उम्मेदवारलाई हराएको आरोप लगाएको थियो।
वडाध्यक्षमा १ मतान्तरले पराजित थापाले पुनः मत गणना माग गर्दै उच्च अदालतमा रिट दायर गरेका थिए। थापाले अन्तरिम आदेशको मागसहित रिट दायर गरे पनि अदालतले एकैचोटि पुनः मत गणनाको आदेश दिएको हो।
एमालेका उम्मेदवार विजयी वडामा पुनः मत गणना अदालतको आदेश
विजयी कार्कीले ३ सय ७९ मत ल्याउँदा उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका टीकाजंग थापाले ३ सय ७८ मत पाएका थिए। नेपाली कांग्रेसले त्यतिबेलै धाँधली गरेर आफ्ना उम्मेदवारलाई हराएको आरोप लगाएको थियो।