दुबईकी राजकुमारीको डिभोर्स

आफ्नो इन्स्टाग्राम अकाउन्टमा अङ्ग्रेजीमा पोष्ट गर्दै महराले लेखेकी छिन्-‘तिमी अरुसँग व्यस्त छौ । म हाम्रो सम्बन्ध विच्छेदको घोषणा गर्छु ।’

दुबईकी राजकुमारीको डिभोर्स
काठमाडौं । दुबईका शासक मोहम्मद बिन रसिद अल मकतूमकी छोरी शेखा महरा बिन्तले आफ्ना श्रीमान् शेख मानालाई तीन डिभोर्स दिएकी छिन् । आफ्नो इन्स्टाग्राम अकाउन्टमा अङ्ग्रेजीमा पोष्ट गर्दै महराले लेखेकी छिन्-‘तिमी अरुसँग व्यस्त छौ । म हाम्रो सम्बन्ध विच्छेदको घोषणा गर्छु ।’ महराले श्रीमान शेख मनालाई इन्स्टाग्राममा अनफलोसमेत गरेकी छिन् । यसबाहेक महराले श्रीमानसँग पोस्ट गरेका सबै तस्विर पनि हटाएकी छिन् ।