महान्यायाधिवक्तामा वरिष्ठ अधिवक्ता बडाल नियुक्त

सरकारको कानुनी सल्लाहकार मानिने महान्यायाधिवक्ता प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ। प्रधानमन्त्री केपी शर्मा ओलीले यसअघिको कार्यकालको अन्त्यतिर पनि बडाललाई महान्यायाधिवक्ता बनाएका थिए।

महान्यायाधिवक्तामा वरिष्ठ अधिवक्ता बडाल नियुक्त
काठमाडौं । वरिष्ठ अधिवक्ता रमेश बडाल महान्यायाधिवक्ता नियुक्त भएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलज्यूले नेपालको संविधानको धारा १५७ को उपधारा (२) बमोजिम प्रधानमन्त्रीको सिफारिसमा काठमाडौं महानगरपालिका वडा नं. ७, चाबहिल निवासी वरिष्ठ अधिवक्ता रमेश बडाललाई नेपालको महान्यायाधिवक्ता पदमा नियुक्त गरेको शीतलनिवासबाट जारी सूचनामा उल्लेख छ। सरकारको कानुनी सल्लाहकार मानिने महान्यायाधिवक्ता प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ। प्रधानमन्त्री केपी शर्मा ओलीले यसअघिको कार्यकालको अन्त्यतिर पनि बडाललाई महान्यायाधिवक्ता बनाएका थिए। बडाल यसअघि ओली प्रधानमन्त्री हुँदा २०७७ चैत ६ गते पहिलोपटक महान्यायाधिवक्ता नियुक्त भएका थिए। तर सर्वोच्च अदालतको परमादेशले ओली सरकार ढलेर शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त भएपछि बडालले पनि राजीनामा दिएका थिए। २०७८ असार २९ गते राजीनामा दिएका बडालले पहिलो कार्यकालमा करिब चार महिना मात्रै काम गर्न पाएका थिए।