काठमाडौं । गायक रवि ओडले वैवाहिक जबर्जस्ती करणी मुद्दामा सफाइ पाएका छन्।पत्नीलाई बलात्कार गरेको अभियोगमा गायक ओडलाई कञ्चनपुर जिल्ला अदालतले सफाइ दिएको हो।
अदालतका सूचना अधिकारी लक्ष्मणप्रसाद चपाईंले जिल्ला न्यायाधीश चाणकमणि अर्यालको इजलासले आइतबार फैसला सुनाउँदै ओड निर्दोष ठहर गरेको जानकारी दिए।
गायक ओडविरुद्ध उनकी पत्नीले जबर्जस्ती करण तथा अप्राकृतिक मैथुन गरेको आरोप लगाउँदै गत चैत २० गते इलाका प्रहरी कार्यालय झलारीमा जाहेरी दिएकी थिइन्। जतिबेला ओड कामको सिलसिलामा विदेश थिए।
विदेशबाट फर्किएर उनले गत वैशाख २७ गते प्रहरीसमक्ष आत्मसमर्पण गरेका थिए भने जेठ ३ गते ५ लाख धरौटी तिरेर थुनामुक्त भएका थिए।
वैवाहिक बलात्कार मुद्दामा गायक ओडले पाए सफाइ
गायक ओडविरुद्ध उनकी पत्नीले जबर्जस्ती करण तथा अप्राकृतिक मैथुन गरेको आरोप लगाउँदै गत चैत २० गते इलाका प्रहरी कार्यालय झलारीमा जाहेरी दिएकी थिइन्। जतिबेला ओड कामको सिलसिलामा विदेश थिए।