काठमाडौं । काठमाडौं महानगरपालिकाले न्युरोडमा फुटपाथ विस्तारको काम अघि काम अघि बढाएको छ । उच्च अदालत पाटनले फुटपाथ विस्तारको काम अघि बढाउन बाटो खोलेसँगै महानगरले काम अघि बढाएको हो ।
आज बिहानैबाट महानगरले न्युरोडमा फुटपाथ विस्तारको काम अघि बढाएको छ । अहिले डोजर लगाएर सडकको दायाँबायाँ भत्काउन शुरू गरिएको छ ।
तीन दिनअघि उच्च अदालत पाटनले न्यूरोडमा फुटपाथ विस्तार रोक्नेगरी डिभिजन सडक कार्यालयले काठमाडौं महानगरपालिकालाई लेखेको पत्र कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको थियो । यसअघि महानगरले न्युरोडमा फुटपाथ विस्तार गर्न थालेको थियो । तर, सडक डिभिजन काठमाडौंले विस्तारमा रोक लगाएको थियो ।
उच्चको आदेशपछि काठमाडौं महानगरले फेरि सुरू गर्यो न्युरोडको फुटपाथ बढाउने काम