रुकुम पश्चिम: गिजागार खोलामा आएको बाढीले बगाउँदा तीन बालबालिकाको मृत्यु

त्यस्तै, बाढीबाट अन्य ७ जना व्यक्ति घाइते भएका छन्। घाइते हुनेहरूमा १२ वर्षीय विनय सार्की, २२ वर्षीया मनिषा पुन, २९ वर्षीय जनक खत्री, ६ वर्षीया मनसरी पुन, चार वर्षीय मेक्सन पुन, २८ वर्षीया धनमाया पुन र ६५ वर्षीया कल्पना कामी रहेका छन्।

रुकुम पश्चिम: गिजागार खोलामा आएको बाढीले बगाउँदा तीन बालबालिकाको मृत्यु
काठमाडाैं । रुकुम-पश्चिमको आठबीसकोट नगरपालिका-१२ मा गएरातिको अविरल वर्षाका कारण खोलामा आएको बाढीले बगाउँदा तीनजना बालबालिकाको मृत्यु भएको छ। तातोपानी खोला र झिन्चौर खोलामा आएको बाढीले स्थानीयका केही घर बगाउँदा तीनजना बालबालिकाको मृत्यु भएको हो। मृत्यु हुनेहरूमा स्थानीय १० वर्षीया हितमाया पुन, आठ वर्षीया धनसा पुन र चार वर्षीया मनिषा सार्की रहेको नगर प्रमुख रवि केसीले बताए। घटनामा परेर डिल्लीबहादुर बुढाथोकी बेपत्ता छन्। त्यस्तै, बाढीबाट अन्य ७ जना व्यक्ति घाइते भएका छन्। घाइते हुनेहरूमा १२ वर्षीय विनय सार्की, २२ वर्षीया मनिषा पुन, २९ वर्षीय जनक खत्री, ६ वर्षीया मनसरी पुन, चार वर्षीय मेक्सन पुन, २८ वर्षीया धनमाया पुन र ६५ वर्षीया कल्पना कामी रहेका छन्।