यी हुन् ओली नेतृत्वको मन्त्रिपरिषद्ले गरेका निर्णयहरू

यस्तै बैठकले त्रिशूलीमा पहिरो गई गाडी बेपत्ता भएका मृतकका परिवारलाई राहत दिने पनि निर्णय गरेको छ। २०८२ असार मसान्तसम्म सडक बालबालिकामुक्त बनाउने निर्णय भएको छ भने कीर्तिपुर क्रिकेट मैदानमा फ्लडलाइट र प्यारापिट निर्माण तीन सय दिनभित्र फिट गर्ने निर्णय भएको छ।

यी हुन् ओली नेतृत्वको मन्त्रिपरिषद्ले गरेका निर्णयहरू
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्व सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बसेको छ । मन्त्रिपरिषद्को उक्त बैठकले विपदका कारण बेपत्ता भई घटना भएको १० दिनसम्म पनि फेला नपरेका व्यक्तिलाई मृत घोषणा गर्ने निर्णय गरेको छ । सरकार प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरूङले भने, ‘विपतमा बेपत्ता भई १० दिनसम्म पनि फेला नभएका व्यक्तिका परिवारलाई मृतकसरह राहत उपलब्ध गराउने निर्णय भएको छ ।’ यसअघि बेपत्ता भएकालाई यस्तो कुनै व्यवस्था नगरिएको उनले बताए । यस्तै बैठकले त्रिशूलीमा पहिरो गई गाडी बेपत्ता भएका मृतकका परिवारलाई राहत दिने पनि निर्णय गरेको छ। २०८२ असार मसान्तसम्म सडक बालबालिकामुक्त बनाउने निर्णय भएको छ भने कीर्तिपुर क्रिकेट मैदानमा फ्लडलाइट र प्यारापिट निर्माण तीन सय दिनभित्र फिट गर्ने निर्णय भएको छ। मन्त्रिपरिषद्का समितिमा लगिएका वा प्रक्रियामा भएका सम्पूर्ण प्रस्तावहरू मन्त्रालयमा फिर्ता गराउने निर्णय समेत गरिएको छ। बैठकले जाजरकोट भूकम्प प्रभावितलाई दोस्रो र तेस्रो किस्ताको रकम उपलब्ध गराउने र प्रधानमन्त्री कार्यालयकी निमित्त सचिव लीलादेवी गड्तौलालाई कायममुकायम मुख्यसचिवको जिम्मेवारी दिने निर्णय बैठकले गरेको गुरुङले जानकारी दिए । उनले मन्त्रिपरिषद्को निर्णयहरू २४ घण्टासम्म गोप्य रहने भन्दै आगामी दिनमा बैठकलगत्तै जानकारी नगराइने र २४ घण्टापछि मन्त्रालयमा पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्ने बताए ।