काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई मन्त्री छनोटमा आन्तरिक सन्तुलन मिलाउन हम्मेहम्मे परेको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा कांग्रेस ८ मन्त्रालय लिएर सहभागी हुने तयारीमा छ ।
संघीय संसदमा पहिलो दल कांग्रेसमा मन्त्रीका आकाङ्क्षीको लाइन लामो छ । कांग्रेसका ९८ (राष्ट्रिय सभाका १०) सांसद मध्येबाट ८ जना छान्न देउवालाई सकस परेको देखिन्छ ।