बनारस । भोजपुरी फिल्म उद्योगकी अभिनेत्री आकांक्षा दुबेले आत्महत्या गरेकी छिन् । दुबे शनिवार एउटा फिल्मको छायांकनपछि एउटा होटलमा गएकी थिइन् । सोही होटलमा उनले आत्महत्या गरेको भारतीय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् ।
आकांक्षाले पासो लगाएर आत्महत्या गरेकी हुन् । होटलको कोठामा उनको शव फेला परेको थियो । अहिले प्रहरी यस घटनाको अनुसन्धानमा जुटेको छ ।