चौथो एसियाली खो खो प्रतियोगितामा नेपाल दोस्रो स्थानमा

काठमाडौँ। भारतको आसामको राजधानी गुवाहाटीमा हालै सम्पन्न चौथो एसियाली खो खो प्रतियोगितामा नेपालले दुवै समूहमा दोस्रो स्थान हात पारेको छ ।

दुवै समूहमा भारतले प्रतिस्पर्धात्मक खेलमा नेपाललाई पराजित गरेको हो । पुरुष प्रतियोगितामा नेपाल ३० वर्षमा पहिलो पटक दोस्रो स्थानमा पुग्न सकेको हो । सो खेलमा भारतले नेपाललाई ५० का विरुद्ध ६७ अङ्कले पराजित गरेको थियो ।

यस्तै महिला समूहमा पनि नेपाललाई भारतले ४० का विरुद्ध ५५ अङ्कले पराजित गरेको थियो । प्रतियोगितामा नेपालसहित, भारत, कोरिया, इन्डोनेसिया, भुटान, बङ्गलादेश, इरान, श्रीलङ्का, मलेसियाले भाग लिएका थिए ।

दोस्रो उपाधिसहित फर्केको नेपाली टोलीलाई शुक्रबार नेपाल खो खो सङ्घका कार्यवाहक अध्यक्ष प्रदीप महर्जन र रेफ्री राजेश शाक्यलगायतले बाजागाजासहित भव्य स्वागत गरेका थिए ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित