काठमाडौं । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) बसन्त कुँवरले प्रहरी संगठनमा सुधार आवश्यक रहेको बताएका छन्। कुँवरले प्रहरीको आन्तरिक सुदृढीकरण गर्न आफ्नो पहिलो प्राथमिकता रहेको बताए। उनले भने,आन्तरिक सुदृढीकरण भीष्म प्रतिज्ञा हो।
आइतबार गृहमन्त्रालयमा आयोजित कार्यक्रममा दर्ज्यादी चिन्ह ग्रहणपछि प्रहरी महानिरीक्षक कुँवरले प्रहरीमा अबको सुधार आफूले गर्ने प्रतिवद्धता जनाए।उनले आफूले निष्पक्ष काम गर्ने र कानुन कार्यान्वयनमा नडगमगाउने प्रतिवद्धता जनाएका हुन्। मुलुकभर शान्ति सुरक्षा कायम गर्न अन्य सुरक्षाका निकायहरूसँग समन्वय गरेर अघि बढ्ने उनको भनाइ छ।
गृहसचिव विनोदप्रकाश सिंहले महानिरीक्षक कुँवरलाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन्।