काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज बेलुका सत्ता साझेदार दलका नेताहरुसँग छलफल गर्ने भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा उनले सत्ता साझेदार दलका नेताहरुसँग मन्त्रिपरिषद् पुनर्गठनका विषयमा परामर्श गर्न लागेका हुन् । ‘
आज बेलुका प्रधानमन्त्रीज्युले सत्ता साझेदार दलका नेताहरुसँग छलफल गर्ने तयारी गर्नुभएको छ । शीर्ष तहमा प्रधानमन्त्रीज्युले परामर्श गरेपछि भोलि मन्त्रिपरिषद् पुनर्गठन हुनसक्छ’ प्रधानमन्त्री सचिवालयका एक सदस्यले भने, ‘सरकारमा जाने दलहरुको टुंगो लागिसकेको छ । कसले कुन मन्त्रालय लिने भन्नेमा फाइनल गर्नुपर्ने छ ।’