प्रधानमन्त्री प्रचण्डविरुद्ध अदालतमा रंगकर्मीहरूको रिट

काठमाडौँ । नाट्यकर्मीहरूको एक समूह सरकारविरुद्ध आन्दोलित भएको छ । नाट्यकर्मी जीवन थापा क्षितिज संयोजक, किशोर अनुराग अधिकारी सहसंयोजक तथा वरिष्ठ नाट्यकर्मी विजय विस्फोट सल्लाहकारसहितको संयुक्त संघर्ष समिति विरोधमा उत्रिएको हो ।

संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किराँतीको अध्यक्षतामा बनाइएको सिफारिस समितिले ३ फागुनमा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा रिक्त पदपूर्तिका निम्ति गरेको नाम सिफारिस र कुलपतिलगायतका नियुक्ति प्रचलित नेपालको संविधानविपरीत भएकोले आफूहरु आन्दोलनमा उत्रिएको उनीहरूले बताएका छन्।

सोही नियुक्तिविरुद्ध आफूहरूले न्यायको ढोका ढकढकाउन अदालतमा रिट दायर गरेको उनीहरूले पत्रकार सम्मेलन गरी जानकारी दिए। अदालतले सुनाउने फैसला सहर्ष स्विकार्ने उनीहरूले बताएका छन् ।

अहिलेको प्रजातान्त्रिक व्यवस्थामा दलहरुले नै भागबन्डा गरेर नियुक्त गर्ने गरे पनि सक्षम व्यक्तिलाई मात्र पदमा राख्नुपर्ने उनीहरुको माग छ । साथै उनीहरूले नियुक्त भएका व्यक्तिहरूको योग्यताबारे जनतालाई जानकारी दिन उनीहरूको बायोडाटा सार्वजनिक गर्न सरकारसमक्ष चुनौती पेश गरेका छन्।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित