बागलुङ । नेपालकै एक मात्र शिकार आरक्षमा यस वर्षको दोस्रो याममा १२ नाउर र नौं झारलको शिकार हुने भएको छ । बोलपत्र प्रक्रियाबाट छानिएका सात कम्पनीले पेशेवर विदेशी शिकारीलाई आरक्षमा शिकार गराउने भएका हुन् ।
यस वर्षको दोस्रो याम (फागुन–बैशाख)को लागि सात कम्पनीबाट आठ देशका शिकारीहरुले शिकार गर्न लागेको ढोरपाटन शिकार आरक्षका प्रमुख संरक्षण अधिकृत विरेन्द्र कंडेलले बताए ।
अधिकृत कंडेलले नेपाल वाईल्ड लाईफ एडभेन्चर, सफारी आउट्फिटरस काठमाडौंबाट युएसएका शिकारीले फागुनेमा १ नाउर र १ झारल, श्री हिमालयन वाईल्डफाईफ आउटफिटर्स काठमाडौंबाट युएसएका शिकारीले बार्सेमा १ नाउरको शिकार गर्ने बताए ।
यस्तै श्री टयाक्स एन ट्रेल्स प्रा।लि। काठमाडौंबाट क्यानडाका शिकारीले गुस्तुङमा १ नाउर र १ झारलको शिकार गर्ने भएका छन् भने श्री ग्लोबल सफारिज नेपाल प्रा.लि. काठमाडौंबाट हंगेरीका शिकारीले गुस्तुङ (रुकुम पूर्व)मा १ नाउर र १ झारल तथा फ्रान्सका शिकारीले सुनदह (रुकुम पूर्व)मा १ नाउ र १ झारलको शिकार गर्ने अनुमति पाएको अधिकृत कंडेलले बताए ।
यस्तै यस वर्ष श्री ओपन नेपाल वाईल्डलाईफ सफारी एण्ड ट्रेक्स प्रा.लि. काठमाडौंबाट पोर्चुगलका शिकारीले सुनदहमा १ नाउर, श्री नेपाल ट्राभल एक्पेडिसन प्रा.लि. ललितपुरबाट पोल्याडका शिकारीले दोगाडीमा १ नाउर, रसियन शिकारीले दोगाडीमा १ नाउर र गुस्तुङमा १ झारल, स्पेनिस शिकारीले वार्सेमा १ नाउर र गुस्तुङमा १ झारल र श्री हिमालयन सफारिस प्रा.लि. काठमाडौंबाट तीन जना अमेरीकाका शिकारीहरुले शिकार गर्ने भएका छन् । उनीहरुले दोगाडीमा १ नाउर र सेङमा १ झारल, सेङमा १ नाउर र सुनदहमा १ झारल, दोगाडीमा १ नाउर र गुस्तुङमा १ झारलको शिकार गर्ने अधिकृत कंडेलले बताए ।
शिकार गर्नको लागि २ जना शिकारीहरु ढोरपाटन आइपुगेको अधिकृत कंडेलले बताए । उनले श्री ओपन नेपाल वाईल्डलाईफ सफारी एण्ड ट्रेक्स प्रा.लि. काठमाडौं कम्पनीबाट सुनदहमा १ वटा नाउरको शिकारको लागि पोर्चुगलका शिकारी ओलिभा डे एन्ड्राडे भिलारिन्हो जोस मिगुएल र श्री हिमालयन वाईल्डलाईफ आउटफिटर्स, स्युचाटार काठमाडौंबाट बार्सेमा १ नाउरको शिकारको लागि युएसएका चार्ल्स हेरोल्ड वेकल आरक्ष आइपुगेको बताए । अन्य शिकारीहरु आउने क्रम रहेको अधिकृत कंडेलले बताए ।