कांग्रेसले दाबी गर्‍याे ८ वटा मन्त्रालय

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले नयाँ मन्त्रिपरिषद्मा कांग्रेसको तर्फबाट ८ वटा मन्त्रालय दाबी रहेको पार्टी बैठकमा ब्रिफिङ गरेका छन्।

शनिबार दिउँसो सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बसेको पार्टी पदाधिकारी बैठकमा पुस १० पछिको राजनीतिक घटनाक्रमको ब्रिफिङ गर्दै उनले ८ मन्त्रालयमा कांग्रेसको दाबी रहेको बताएका हुन्।

खड्काले गठबन्धनभित्रका दलहरूले ७ वटामात्र मन्त्रालय दिने बताएपनि आफूहरुको दाबी ८ वटै मन्त्रालयमा रहने बताएका हुन्।

‘गठबन्धनभित्रबाट ७ वटा मन्त्रालय मात्र दिन सकिनेगरी कुरा आएको छ,’ बैठकमा खड्काले भनेको भनाई उदृत गर्दै स्रोतले भन्यो, ‘तर, हामीले ८ वटा नै मन्त्रालय चाहिन्छ भनेर दाबी गरेका छौं।’

त्यस्तै, पार्टीका प्रमुख सचेतक रमेश लेखकले संसदीय गतिविधिको विषयमा बैठकमा ब्रिफिङ गरेका थिए। संसदमा पेस भएको सत्य निरुपण तथा मेलमिलाप विधेयक अगाडी बढाएर टुंगोमा पुग्नेबारे पनि छलफल भएको थियो।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित