सिरहाबाट एसईईमा १० हजार विद्यार्थी सहभागी हुँदै

सिरहा । सिरहाबाट एसईई परीक्षामा १० हजार एक सय ५० विद्यार्थी सहभागी हुने भएका छन् । चैत १७ गतेदेखि शुरु हुने परीक्षामा जिल्लाका ८५ सामुदायिक र ८६ संस्थागत विद्यालय गरी एकसय ७१ विद्यालयबाट १० हजार एक सय ५० विद्यार्थी सहभागी हुने भएका हुन् ।

परीक्षामा ४ हजार ६ सय ९२ छात्रा र ५ हजार चार सय ५८ छात्र सहभागी हुन लागेका छन् । । जसमध्ये प्राविधिक धारतर्फका केन्द्रबाट तीन सय ४९ जना परीक्षार्थी सहभागी हुने भएका छन् ।

परीक्षा केन्द्रसम्म विद्यार्थीको सहज पहुँचका लागि यो वर्ष ४० वटा परीक्षा केन्द्रहरु तय गरेको जिल्ला समन्वय इकाई सिरहाका प्रमुख रामवृक्ष महतोले जानकारी दिए ।

परीक्षा केन्द्रहरु निर्धारणको विषयमा सामाजिक सञ्जालमा विभिन्न टिक्का टिप्पणीहरु भएका छन् । तर शिक्षा समन्वय इकाई प्रमुख महतोले प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा रहेको परीक्षा समन्वय समितिले केन्द्रहरु निर्धारण गरिएकाले आशंका नगर्न अनुरोध गरे ।
उनले सबै विषयहरुको विश्लेषण पछि विद्यालयहरुलाई पायक पर्नेगरी परीक्षा केन्द्रहरु निधारण गरिएको बताए ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित