धनुषामा दुई ट्रक आपसमा ठोक्किँदा तीन जनाको मृत्यु

जनकपुरधाम । पूर्व-पश्चिम राजमार्ग अन्तर्गत धनुषाको मिथिला नगरपालिकाका ३ मा दुई ट्रक आपसमा ठोक्किँदा तीन जनाको मृत्यु भएको छ।

आज बिहान पूर्वबाट पश्चिमतर्फ जादै गरेको ना ६ ख ६७७८नम्बरको ट्रक र प्रदेश १.०-००१ ख ९२९२ नम्बरको ट्रक एकआपसमा ठोकिएर दुर्घटना भएको हो ।

ना ६ ख ६७७८नम्बरको ट्रक चालक सुनसरी ईनर्वाका २८ वर्षीय सागर चौधरी, सह(चालक सुनसरी भरौल ६ का ३० वर्षीय अर्जुन चौधरी र प्रदेश १ ०२- ००१ ख ९२९२ का चालक सर्लाही बागमती ११ का २० वर्षीय नारायण श्रेष्ठको मृत्यु भएको हो ।

दुर्घटनामा प्रदेश १ ०२-००१ ख ९२९२ का सह– चालक मोरङ बेलवारी ८ का ४४ वर्षीय लोकमान थापा घाइते भएका छन् ।

धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदप्रसाद गौतमले दुर्घटनामा घाइते उनलाई उपचारका लागि ढल्केवर हस्पिटल पठाएको जानकारी दिए ।

दुर्घटना भएको दुबै ट्रक क्षतिग्रस्त बनेको छ । ट्रकको अगाडिको भाग पूर्णरुपमा क्षतिग्रस्त बनेको देखिएको छ ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित