प्रजिअ र सहायक प्रजिअको सरुवा, को-कहाँ पुगे ?

काठमाडौं । १४ जना राजपत्राङ्कित प्रथम श्रेणी (सहसचिव) सहित गृहका २५ जनाको सरुवा भएको छ । गृह मन्त्रालयले अतिरिक्त समूहमा रहेकालगायत अन्य १४ सहसचिव र अन्य उपसचिवहरूलाई प्रमुख जिल्ला अधिकारी, सहायक प्रमुख जिल्ला अधिकारी तथा अन्य निकायमा सरुवा गरिएको हो ।

स्रोतका अनुसार मन्त्रालयले अतिरिक्तमा रहेका ११ जना सहसचिवहरूको पदस्थापन र तीन जनाको सरुवा गरेको छ भने ११ जना सहसचिवहरूको विभिन्न निकायमा सरुवा गरेको छ । सहसचिव रामबन्धु सुवेदीलाई अध्यागमन कार्यालय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पठाएको छ भने त्यहाँका वासुदेव घिमिरेलाई गृह मन्त्रालय सारिएको छ ।

यस्तै सहसचिव रुद्रसिंह तामाङलाई राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र महादेव पन्तको आन्तरिक व्यवस्थापन महाशाखा, गृहमा पदस्थापन गरिएको छ ।

मेखबहादुर मगरातीलाई जिल्ला प्रशासन कार्यालय पाँचथर रामकृष्ण अधिकारीलाई लमजुङ, जय कुमार घिमिरेलाई जुम्ला, प्रेम प्रसाद आचार्यलाई पर्वत, कोमल प्रसाद धमलालाई दोलखा, वेद प्रसाद खरेललाई सल्यान, मदन कोइरालालाई प्युठान र राम कुमार महतोलाई जाजरकोटको प्रमुख जिल्ला अधिकारीमा पदस्थापन गरिएको छ । थानेश्वर गौतमलाई धनकुटा र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकी सहसचिव अनिता निरौलालाई जिल्ला प्रशासन कार्यालय रामेछापको प्रमुख जिल्ला अधिकारीमा सरुवा गरिएको मन्त्रालयले जनाएको छ ।

यसैगरी जिल्ला प्रशासन कार्यालय पाँचथरका प्रमुख जिल्ला अधिकारी गणेश गैरेलाई जिल्ला प्रशासन कार्यालय जुम्लाको सहायक प्रमुख जिल्ला अधिकारी, धनकुटाकी लीला कुमारी केसी पाण्डेलाई पाँचथरको सप्रजिअ (काज एनडीआरआरएमए), दोलखाका प्रमुख जिल्ला अधिकारी शेखर पौड्याललाई जिल्ला प्रशासन कार्यालय इलामको सहायक प्रमुख जिल्ला अधिकारी, रामेछापका प्रमुख जिल्ला अधिकारी शोभाखर रेग्मीलाई जिल्ला प्रशासन कार्यालय बैतडीको सहायक प्रमुख जिल्ला अधिकारीमा सरुवा गर्दै काजमा एनडीआरआरएमा काज राखिएको छ ।

त्यस्तै जिल्ला प्रशासन कार्यालय लमजुङका प्रमुख जिल्ला अधिकारी वसन्तराज पुरीलाई सहायक प्रमुख जिल्ला अधिकारी दोलखा, पर्वतका प्रजिअ चित्रांगत बराललाई सप्रजिअ बागलुङ, र बागलुङका प्रजिअ गणेश प्रसाद पौडेललाई जिल्ला प्रशासन कार्यालय पर्वतको सहायक प्रमुख जिल्ला अधिकारी र प्युठानका प्रजिअ वेद प्रसाद अर्याललाई जिल्ला प्रशासन कार्यालय रौतहटको सहायक प्रमुख जिल्ला अधिकारीमा सरुवा गरिएको छ ।

गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालय सल्यान, जुम्ला र जाजरकोटका प्रमुख जिल्ला अधिकारीहरू क्रमशः कृष्ण चन्द्र पौडेल, मुकेश कुमार केशरी र अञ्जन न्यौपानेलाई क्रमशः प्युठान, धनुषा र धनकुटाको सहायक प्रमुख जिल्ला अधिकारी बनाई पठाएको छ ।

 

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित