बसन्त कुँवरलाई आईजीपी नियुक्त गर्ने सरकारको निर्णय

काठमाडौँ । प्रहरी महानिरीक्षकमा बसन्त कुँवर नियुक्त भएका छन् । सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बसन्तबहादुर कुँवरलाई आईजीपी नियुक्त गरेको एक मन्त्रीले बताए ।

सरकारको निर्णयसँगै कुँवर नेपाल प्रहरीको ३० औँ प्रहरी महानिरीक्षक बन्न सफल भएका छन् । प्रहरी महानिरीक्षकका पाँच जना प्रतिस्पर्धी मध्ये वरियतामा कुँवर एक नम्बरमा थिए ।

प्रहरी महानिरीक्षक बन्ने तिव्र प्रतिस्पर्धामा रहेका श्यामलाल ज्ञवालीलाई कुँवरले पछि पारेका हुन् । कुँवर २०५१ चैत ५ मा इन्स्पेक्टरबाट प्रहरी सेवामा प्रवेश गरेका थिए । यस पटक आईजीपी नियुक्त गर्दा सरकारले वरीयता कायम राखेको छ ।वरिष्ठ उपरीक्षकबाट प्रहरी नायव महानिरीक्षकमा बढुवा हुँदा कुँवर एक नम्बर वरियतामा बढुवा भए । चैत ६ मा मन्त्रिपरिषद्ले कुँवरसहित ५ जनालाई प्रहरी अतिरिक्त महानिरीक्षकमा बढुवा गरेको थियो । एआईजी हुँदा पनि कुँवर एक नम्बर वरियतामा थिए ।

२०७९ वैशाख १८ मा सरकारले वरीयता मिचेर धिरजप्रताप सिंहलाई आईजीपी नियुक्त गरेको थियो । ३० वर्षे सेवा अवधि पुरा गरेर सिंहले अवकाश पाएका छन् ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित