काठमाडौं । पछिल्लो १० वर्षमा नेपालमा महिलाको नाममा घर तथा जग्गा रहने संख्या बढेको पाइएको छ। शुक्रबार सार्वजनिक भएको जनगणना २०७८ को प्रतिवेदनले १० वर्षको अवधिमा र जग्गा दुवै रहेको संख्या बढेको देखाएको हो।
जनगणना तथ्यांकअनुसार हाल नेपालमा रहेको परिवारमध्ये ११.८ प्रतिशत परिवारमा महिलाको नाममा घरजग्गा दुवै रहेको देखाएको हो।
महिलाको नाममा जग्गा मात्र भएका परिवार ९.७ प्रतिशतर घर मात्र भएका परिवार २.३ प्रतिशत रहेका छन्। समग्रमा २३.८ प्रतिशत परिवारमा महिलाको नाममा घर वा जग्गा वा घरजग्गा दुवै रहेको देखिन्छ।
गत २०६८ सालको जनगणनामा देशका कुल परिवारको १०.७ प्रतिशत परिवारमा महिलाको नाममा घर र जग्गा दुवै रहेको देखिएको थियो भने महिलाको नाममा जग्गा मात्र भएका परिवारहरू ९.० प्रतिशत रहेको थियो।