कावासोती । पूर्वी नवलपरासी जिल्लामा क्षयरोगका बिरामीको संख्यामा वृद्धि नभएपनि उपचारमा भने चुनौती रहेको चिकित्सकहरु बताउ छन् । “हो हामी क्षयरोग अन्त्य गर्छौ” भन्ने मूल नाराका साथ विश्व क्षयरोगको अवसरमा पत्रकारहरुसँगको अन्तरक्रियामा गण्डकी प्रदेशका ११ जिल्लामध्ये नवलपुर जिल्लामा चुनौती रहेको बताइएको हो ।
नवलपुरमा हालसम्म पाँच सय २९ जनामा क्षय रोग देखिएको अस्पतालले जनाएको छ । गत आर्थिक वर्षको तुलनामा यसवर्ष क्षय रोगका बिरामीको संख्या नबढेको स्वास्थ्य कार्यालय नवलपुर जिल्लाका प्रमुख केशव चापागाईंले बताए। समयमा नै रोग पत्ता लागे समयमा नै उपचार गर्न सकिने तर उपचार समयमा नभए अन्य व्यक्तिहरुलाई पनि यस रोगले आक्रमण गर्नसक्ने चापागाईंको भनाइ छ ।
जिल्लाबाट क्षय रोगका बिरामीहरुको खकार परिक्षण गर्नका लागि पोखरा पुर्याउनुपर्ने भएकाले समस्या भएको नवलपुर जिल्ला स्वास्थ्य कार्यालयका ल्याव टेक्निसियन निरिक्षक डिल्लीराम तिवारीले बताए । राष्ट्रिय क्षय रोग केन्द्र र प्रदेश सरकारले क्षय रोगका लागि आवश्यक बजेट प्रदान गर्न नसक्दा आर्थिक समस्या भएको हो । जिल्लामा क्षय रोग बिरामीका लागि यग्नोसिस गर्ने काटेजको चरम अभाव रहेको छ । अहिले डायग्नोसिस गर्ने काटेजको अभावका कारण बिरामीहरुको डायग्नोसिस हुन नसकेको उनको भनाइ छ ।