काठमाडौं । अमेरिकी सेनाले पूर्वी सिरियामा इरान समर्थित समूहविरुद्ध हवाइ आक्रमण गरेको छ । बिहीबार अमेरिकी नेतृत्वको गठबन्धनविरुद्ध भएको ड्रोन हमलामा एक कन्ट्र्याक्टरको ज्यान गएको थियो भने पाँच अमेरिकी सेना र अन्य कन्ट्र्याक्टर घाइते भएका थिए ।
उत्तरपूर्वी सिरियाको हसकेह नजिक रहेको अमेरिकी नेतृत्वको गठबन्धनको सैन्य अखडामा स्थानीय समयअनुसार दिउँसोको १ बजेर ३८ मिनेटमा आक्रमण भएको थियो । त्यसकै बदलामा सोही दिन राति हवाइ आक्रमण गरेको पेन्टागनले जनाएको हो ।


































