काठमाडौँ । राष्ट्रिय जनगणना २०७८ अनुसार तराईमा कुल जनसंख्याको ५३.६१ प्रतिशत (१,५६,३४,००६ जना), पहाडमा ४०.३१ प्रतिशत (१,१७,५७,६२४ जना) र हिमाली क्षेत्रमा ६.०८ प्रतिशत (१७,७२,९४८ जना) जनसंख्या रहेको छ ।
जुन दश वर्षअघि अर्थात् २०६८ मा क्रमशः तराईमा ५०.२७ प्रतिशत (१,३३,१८,७०५ जना), पहाडमा ४३.०१ प्रतिशत (१,१३,९४,००७ जना) र हिमाली क्षेत्रमा ६.७३ प्रतिशत (१७,८१,७९२ जना) रहेको थियो ।