काठमाडौँ । सुनको मूल्य आज शुक्रबार पनि उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार हिजो ९बिहीबार० एक हजार २ सय रूपैयाँले उकालो लागेको सुनको मूल्य शुक्रबार ८ सय रूपैयाँले उकालो लागेको हो ।
महासंघका अनुसार बिहीबार एक लाख ९ हजार रूपैयाँमा कारोबार भएको छापावाल सुन आज एक लाख ९ हजार ८ सय रूपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै शुक्रबारको लागि तेजावी सुन प्रतितोला एक लाख ९ हजार ती सय रूपैयाँ कायम भएको छ । त्यस्तै आज चाँदीको मूल्य स्थिर रहेको छ । आज चाँदीको मूल्य बिहीबारकै मूल्य एक हजार ३६० रूपैयाँमा नै कारोबार भइरहेको हो ।