३८ वटा सवारी साधन लिलामीमा बिक्री हुदैँ

काठमाडौं । काठमाडौंको कीर्तिपुर १ अमृतनगरमा रहेको अमृत बचत तथा ऋण सहकारी संस्थाले धितोमा राखिएको ३८ वटा सवारी साधन लिलामीमा बिक्री गर्ने भएको छ । सहकारी संस्थाबाट लिएको कर्जा पटक पटक तिर्न ताकेता गरेपनि वेवास्ता गरेपछि सहकारीले धितो राखिएका अधिकांश भाडाको बस र केही निजी कार बिक्री गरेर असुल उपर गर्ने जनाएको छ ।

संस्थाले एक सार्वजनिक सूचना जारी गर्दै साँवा ब्याज तथा हर्जना लगायतको रकम १५ दिनभित्र नतिरेमा लिलाम बिक्री गरेर असुल गर्ने बताएको हो । त्यसरी धितो राखिएका सवारी साधन बिक्री गर्ने संस्थाको भनाइ छ ।

सहकारी ऐन, सहकारी नियमावली, संस्थाको विनियम, कर्जा प्रवाह, लगानी तथा असुली निर्देशिका र अन्य प्रचलित कानुन अनुसार सहकारी संस्थासँग भएको कर्जा लिखतको शर्त अनुसार कारबाही गरी धितो सुरक्षण दिएका सवारी साधनबाट असुल गर्ने संस्थाले बताएको छ ।

यदि उक्त सवारीबाट रकम असुल नभएमा ऋणीले एकाघर सगोलको सदस्यहरूको नाममा रहेको चलअचल सम्पत्तिबाट असुल उपर गर्ने सहकारीले चेतावनी दिएको छ ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित