काठमाडौँ । नेकपा माओवादी केन्द्रले लुम्बिनीमा एमाले नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ । माओवादीले लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीलाई दिएको समर्थन फिर्ता लिने भएको हो ।
समर्थन फिर्ता लिने निर्णय गर्न आज माओवादीले आज दिउँसो संसदीय दलको बैठक बोलाएको छ । दलको बैठकबाट एमाले मुख्यमन्त्रीलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरिने माओवादी लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालले बताए।
पुस २८ मा माओवादी केन्द्रसहित लोसपा, नागरिक उन्मुक्ति, राप्रपा, लोसपा, जसपाको समर्थनमा एमाले संसदीय दलका नेता लीला गिरी मुख्यमन्त्री बनेका थिए । तर केन्द्र सरकारमा एमाले र राप्रपा बाहिरिएपछि एमालेलाई समस्या परेको हो । माओवादीका ११ सांसदमध्ये ४ जनाले अहिलेकै सरकार निरन्तरता दिनुपर्ने पक्षमा छन् ।