धरानमा १७५ किलो गाँजासहित भारतीय गाडी बरामद

मोरङ । सुनसरीको धरानमा करिब १७५ किलो लागुऔषध गाँजा प्रहरीले बरामद गरेको छ।
धरानको वडा नम्बर ४ मा पर्ने लोकमार्गमा प्रहरी चेकजाँचका क्रममा भारतीय स्कारपियोबाट ६ वटा बोरामा प्याक गरिएको अवस्थामा गाजा बरामद भएको इलाका प्रहरी कार्यालय, धरानका प्रहरी नायव उपरीक्षक नवराज मल्लले जानकारी दिए।

बिहीबार बिहान करिब ३ बजे प्रहरीको चेकजाँच गर्ने स्थानभन्दा करिब ५ सय मिटर टाढाको दूरीमा भारतीय जीजे ०१ एसयु २४६१ नम्बरको स्कारपियो रोकिएको अवस्थामा फेला परेको प्रहरी नायब उपरीक्षक मल्लको भनाइ छ।

प्रारम्भिक अवस्थामा करिब ३ सय किलो बरामद गरिएको भनिए पनि तौल गर्दा १७५ किलो भेटिएको उनले जानकारी दिए।
उनका अनुसार प्रहरी चेक देखेर चालक र अन्य गाडी छाडेर भागेको हुनसक्ने र उनीहरूको खोजी भइरहेको छ।

प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा धनकुटाको विभिन्न स्थानबाट भारतर्फ निकासी गर्न गाँजा ल्याइएको हो।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

ताजा अपडेट

ट्रेन्डिङ

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित