नेपाल उद्योग परिसंघको वरिष्ठ उपाध्यक्षमा राजेशकुमार अग्रवाल चयन

काठमाडौँ । नेपाल उद्योग परिसंघ (सिएनआई)को वरिष्ठ उपाध्यक्षमा राजेशकुमार अग्रवाल चयन भएका छन् । उनलाई परिसंघको गभर्निङ काउन्सिलको बैठकले सर्वसम्मत चयन गरेको हो । वरिष्ठ उपाध्यक्षको आकांक्षी कृष्णप्रसाद अधिकारी थिए । यद्यपि, बैठकले अग्रवाललाई नै चयन गरेको हो ।

ढिलो गरी यो पदमा चुनिएका उनी करिब दुई महिनामै अध्यक्ष बन्ने भएका छन् । परिसंघको विधानअनुसार वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रावधान छ । हाल परिसंघको अध्यक्षमा विष्णुकुमार अग्रवाल छन् ।

अग्रवाल आरएमसी ग्रुपका कार्यकारी निर्देशक हुन् । ५३ वर्षका अग्रवालले ३० वर्षअघि राजेश हार्डवेयरबाट व्यावसायिक यात्रा सुरु गरेका थिए । यो समूहको बैंक तथा बिमामा पनि लगानी रहेको छ ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित