लाओसविरुद्ध नेपाल पहिलो हाफमा १–० ले अगाडि

काठमाडौं । प्रधानमन्त्री त्रिदेशीय कपको उद्घाटन खेलको पहिलो हाफमा नेपालले लाओसविरुद्ध १–० को अग्रता बनाएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलमा अनन्त तामाङले गोल गर्दै नेपाललाई अग्रता दिलाए । खेलको ३०औँ मिनेटमा नवीन लामाको कर्नरमा अनन्तले ुहेडरु मार्फत बललाई जाली चुमाउदै नेपाललाई अग्रता दिलाएका थिए ।
त्यसअघि खेलको तेस्रो मिनेटमा लाओसका बोउन्फाचन बोउकोङले बक्स बाहिरबाट गरेको प्रहार बार माथिबाट बाहिरिएको थियो ।

१८औँ मिनेटमा एरिक बिस्टले राइट साइडबाट गरेको लोअर पासलाई पुजन उपरकोटीको १८ यार्ड बक्सबाहिरबाट गरेको ुफ्रार्स्ट टचु प्रहार पोस्ट माथिबाट हुइकियो ।
आजदेखि सुरु भएको प्रतियोगितामा नेपाल, भुटान र लाओस सहभागी छन् ।

प्रतियोगिताका लागि एन्फाले टिकट मूल्य सामान्य प्यारापिटतर्फ ५०० र भीआईपीतर्फ एक हजार रुपैयाँ तोकेको छ । प्रतियोगिताको विजेताले पाँच हजार डलर र उपविजेताले तीन हजार डलर पुरस्कार प्राप्त गर्नेछन् ।
यस्तै, प्रत्येक खेलको ‘प्लेयर अफ दी म्याच’ले २५० डलर र प्रतियोगिताको उत्कृष्ट खेलाडीले ५०० डलर पुरस्कार पाउनेछन् ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित