१२ वर्ष जेल सजाय भएका फरार अभियुक्त पक्राउ

बर्दिया । कर्तव्य ज्यान मुद्दामा १२ वर्ष कैद सजाय पाएका बर्दियाका एक फरार अभियुक्तलाई प्रहरीले बुधवार पक्राउ गरेको छ । जिल्ला अदालत, बर्दियाको फैसला अनुसार १२ वर्ष कैद, १ लाख जरिवाना र २५ हजार क्षतिपूर्ति सजाय पाएका बासगढी नगरपालिका ६ का अमर सिंह थारुलाई प्रहरीले पक्राउ गरेको हो ।

अभियुक्त थारु गत कात्तिक २९ गतेको जिल्ला अदालतको आदेशबाट उक्त सजाय तोकिएपछि फरार थिए । फरार रहेका थारुलाई बासगढी नगरपालिका ६ मोतीपुरस्थित लुकीछिपी बसेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, बर्दियाका निमित्त सूचना अधिकारी एंव प्रहरी निरीक्षक हृदयेश कुमार सापकोटाले बताए ।

थारुलाई आवश्यक कारबाहीका लागि जिल्ला अदालतको आदेश अनुसार कैद भुक्तानका लागि कारागार पठाइएको उनले जनाएका छन् ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

ताजा अपडेट

ट्रेन्डिङ

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित