माइतीघरमा गर्जिए कम्युनिष्टनिकट किसान संघ

काठमाडौँ । कम्युनिष्ट दल निकट ६ वटा किसान संघ तथा संगठनहरूले विभिन्न माग राख्दै आज प्रदर्शन गरेका छन् ।

माइतीघरमा आज नेकपा (माओवादी केन्द्र) निकट अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र), नेकपा (एकीकृत समाजवादी) निकट अखिल नेपाल किसान महासंघ, नेकपा (मसाल) निकट अखिल नेपाल किसान महासंघ (अप्फा), नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी), नेपाल कम्युनिष्ट पार्टी निकट अखिल नेपाल किसान यूनियन र नेकपा (माले) निकट अखिल नेपाल प्रगतिशील किसान संघले संयुक्त प्रदर्शन गरेका हुन् ।

प्रदर्शनकारीहरूले किसान एकता जिन्दावाद, किसानहरू गर्जन्छन्, किसानमारा थर्कन्छन्, किसानमाथिको वित्तीय शोषण अन्त्य गर, बढ्दो महंगी नियन्त्रण गर, विषादीयुक्त खाद्यान्न आयात बन्द गर, जस्ता नारा लगाएका थिए ।

उनीहरूले लघुवित्त, मीटरब्याजी, रासायनिक मलखाद, कृषिमा वैदेशिक लगानी र भूमि बैंक लगायतका किसानहरूका विभिन्न समसामयिक मागहरू राखी संयुक्त विरोध प्रदर्शन गरेका हुन् ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

ताजा अपडेट

ट्रेन्डिङ

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित