बागमती सरकारबाट एमाले बाहिरिँदै, ४ मन्त्री राजीनामा दिने तयारीमा

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) बागमती सरकारबाट बाहिरिँदै छ । बुधबार बस्न लागेको प्रदेशसभा बैठक अगावै एमाले सरकारबाट बाहिरिन लागेको हो ।

बैठक बस्नु अगाडि नै एमालेबाट प्रदेश सरकारमा संलग्न चार मन्त्रीले राजीनामा दिने तयारी गरेका छन् । एमाले पार्टी केन्द्रीय कार्यालयको निर्देशन प्राप्त बमोजिम उनीहरु सरकारबाट बाहिरिनुका साथै राजीनामा दिन लागेका हुन् ।

बागमती प्रदेश सरकारमा संलग्न ४ मन्त्रीले केहीबेरमै राजीनामा दिन लागेको स्रोत बताउँछ ।
प्रदेशसभा बैठकबाट मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज दोस्रो पटक विश्वासको मत लिने भएका छन् । विश्वासको मत लिने प्रयोजनका लागि बैठक केहीबेरमा बस्दैछ ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

ताजा अपडेट

ट्रेन्डिङ

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित