सगरमाथा जलविद्युत कम्पनीको आईपिओ बिक्री खुला

काठमाडौं। सगरमाथा जलविद्युत कम्पनीले बुधबारदेखि सर्वसाधारणका लागि प्राथमिक सेयर (आइपीओ) बिक्री खुलाएको छ। कम्पनीको आइपीओमा चैत १२ गतेसम्म आवेदन दिन सकिनेछ ।

सर्वसाधारणले जम्मा ३५ लाख ८१ हजार ७६० कित्ताका लागि आवेदन दिन सक्नेछन् । २ लाख १८ हजार ४ सय कित्ता म्युचुअल फण्ड र १ लाख ३१ हजार ४० कित्ता कम्पनीका कर्मचारीलाई छुट्याइएको छ ।

कम्पनीले जारी पुँजीको १ अर्ब १२ करोड रुपैयाँको ४९ प्रतिशत सेयर सर्वसाधारणलाई बिक्री गर्ने जनाएको छ । जसमध्ये आयोजना प्रभावित र वैदेशिक रोजगारीमा गएकाहरुलाई बिक्री गरिसेकको छ।

कम्तिमा १० कित्ता र अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिन्छ। कम्पनीले ९.६ मेगावाट क्षमताको सुपर माई ए जलविद्युत आयोजना निर्माण गरिरहेको छ। निर्माण सम्पन्न भइसक्दा आयोजनाको लागत कुल एक अर्ब ९० करोड ४९ लाख रुपैयाँ आउने कम्पनीको अनुमान छ। जसअनुसार प्रति मेगावाट अनुमानित लागत १९ करोड ८४ लाख रुपैयाँ छ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित